अनिल कुमार साह / तिनकौरिया (धनुषा)

ट्रिफरको ठक्करबाट धनुषामा एक बृद्धाको मृत्यु भएको छ । धनुषाको विदेह नगरपालिका तिनकौरिया बजार स्थित ट्रिफर ब्याक गर्ने क्रममा पछाडिको भागबाट ठक्कर लागेर बृद्धाको मृत्यु भएको हो ।

दुहबीबाट जनकपुरधाम आउने क्रममा ना २ प ७३७ नम्बरको ट्रिफरले बिदेह नगरपालिका वडा नं. ६ घर भएकी आन्दाजी ६० वर्षिय रामप्यारी मण्डललाई ठक्कर दिदा घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलवार राति करिब ९ बजेको समयमा ट्रिफर ब्याक गर्ने क्रममा धक्का लागि ट्रिफर मण्डलको शरिरमा चढेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी तिनकौरियाबाट खटिएको टोलीले शवको मुचुलका उठाई पोष्टमार्टमका लागि जनकपुरधाम स्थित प्रादेशिक अस्पताल ल्याउने तयारी गरेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

२०७८ भाद्र ९, बुधबार ०८:२७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय