हेर्नुहोस् भिडियो 

https://www.facebook.com/nepalvani2/videos/824937331727276

काठमाडौं : कतिपय व्यक्ति पानीपुरी भनेपछि हुरुक्कै हुन्छन् । पानीपुरी खाने लत नै परेको हुन्छ कसैलाई । तर स्वाद मानेर खाइने पानीपुरीमा पिसाब मिसाइएको भिडियो सार्वजनिक भएको छ ।

भारतको आसामस्थित गुवाहाटी क्षेत्रमा पानीपुरीमा पिसाब मिसाएको घटना सार्वजनिक भएपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको छ । ठेला सञ्चालक ६० वर्षीय अक्रुल सहानीलाई प्रहरी पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पिसाब मिसाइरहेको भिडियो अमर ज्योती नामक फेसबूकबाट सार्वजनिक गरिएको थियो, जुन भिडियो भाइरल बन्यो । भिडियोमा ठेलावालाले जगमा पिसाब गरेर पानीपुरीमा पानीमा मिसाइरहेको देखिन्छ ।
 

२०७८ भाद्र ९, बुधबार १५:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय