काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ७०२ जनाको पीसीआर परीक्षणमा २ हजार ५२ र ४ हजार ६७२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३८१ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ९२९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

२०७८ भाद्र १०, बिहीबार १७:१४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय