काठमाडौं : अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल अगाडि बिहीबार साँझ भएका दुई विष्फोटमा परी ज्यान गुमाउनेको संख्या ८० पुगेको छ । घाइतेको संख्या २ सय नाघेको छ । मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

न्युज एजेन्सीका अनुसार बम हमलाको जिम्मेवारी आईएसआईएसको खुरासान ग्रुपले लिएको छ । अमेरिकी सेन्ट्रल कमाण्डका जनरल केनेथ म्याक्यान्जीले मृतकमा मरिन कमाण्डका १२ जना रहेको बताएको छ । साथै यस कमाण्डका १५ जना घाइते भएका छन् । घटनापछि काबुलको विमानस्थलबाट हुने सबै उडान रद्द गरिएका छन् ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार बिहीबार पहिलो विस्फोट हामिद कारजाई विमानस्थलको अब्बे गेटमा भएको थियो । त्यसको केही क्षणपछि विमानस्थल नजिकै बैरन होटल छेउमा दोस्रो विष्फोट भएको थियो । जहाँ बेलातयी सैनिक बसेका थिए । विमानस्थल बाहिर तीन जना संदिग्ध व्यक्ति देखिएका थिए । यसमा दुई जना आत्मघाती आक्रमणकारी थिए । तेस्रा व्यक्ति चाहिँ बन्दुक लिएर आएका थिए । एजेन्सी

सम्बन्धित समाचार

काबुल विस्फोटमा १३ अमेरिकीसहित ६० जनाको मृत्यु

२०७८ भाद्र ११, शुक्रबार ०८:५८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय