
काठमाडौं : अभिनेता प्रकाश राजले फेरि बिहे गरेका छन् । उनले आफ्नी पत्नीलाई ओठमै किस गरेको तस्वीरसमेत सार्वजनिक गरेका छन् ।
२४ अगष्टका दिन आफ्नो विवाहको ११ औं एनिभर्सरीको अवसर पारेर उनले आफ्नी पत्नी पोनी वर्मासँग दोस्रो पटक बिहे गरेका हुन् । उनले आफ्नो छोरा वेदान्तको लागि यस्तो गरेका थिए ।
उनका छोरा वेदान्तले आफ्ना अभिभावकले बिहे गरेको हेर्न चाहन्थे । त्यसैले आफ्नो विवाहको ११ औं एनिभर्सरीमा उनीहरुले फेरि बिहे गरेका हुन् । प्रकाशले सामाजिक संजालमा यसका केही तस्वीर शेयर गरेका छन् ।
एउटा फोटोमा प्रकाश घुँडाले बसेर पत्नीलाई औंठी लगाइदिँदै छन् । अर्को फोटोमा उनले पत्नीलाई ओठमा किस गरेका छन् । प्रकाश पत्नी र छोराछोरीसँग निकै खुसी देखिएका छन् ।