काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बबरमहलस्थित पार्टी कार्यालयमा शनिबार दिउँसो १२ बजे बस्ने बैठकमा संगठन निर्माणको विषयमा छलफल हुने नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।

कर्णका अनुसार बैठकमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन कार्यालयमा स्वघोषणा गराउने विषयमा छलफल हुनेछ । आन्तरिक रुपमा सांगठनिक संरचना निर्माण कुन प्रक्रियाबाट गर्ने भन्ने विषयमा नेताहरुबीच कुराकानी हुनेछ ।

पार्टी सदस्यता, विधान घोषणा र नियमावलीबारे पनि छलफल गर्ने तयारी छ । महन्थ ठाकुर नेतृत्वको लोसपाले निर्वाचन आयोगबाट आधिकारीकाता प्राप्त गरेपछि शनिबार दोस्रो बैठक बस्न लागेको हो ।

नयाँ दल दर्ता भएको २१ दिनभित्र पुरानै दलमा रहेका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहले दल रोज्न पाउने व्यस्था गरिएको छ । स्थानीय तहका लागि जिल्ला निर्वाचन कार्यालयमा र प्रदेश सदस्यहरूका लागि प्रादेशिक निर्वाचन कार्यालयमा अनुसूचीअनुसार बनाउने काम सुरु भएको नेता कर्णले बताए । भदौ २३ गतेसम्म स्वघोषणा गर्ने गरी तयारी अघि बढाएको उनको भनाइ छ ।

निर्वाचन आयोगमा लोसपा दल दर्ता गराएपछि बिहीवार पहिलो बैठक बसेको थियो । निर्वाचन आयोगले लोसपा पार्टी दर्ता भएको पत्र संसद सचिवालयमा पठाएको छ । सचिवालयले लोसपालाई पनि अन्य दललाई जस्तै सुविधा दिने तयारी अघि बढाएको छ । File Photo


२०७८ भाद्र १२, शनिबार ०९:५९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय