जनकपुरधाम :  विश्वप्रसिद्ध जनकपुरधामको जानकी मन्दिर परिसरभित्र लगाइएको पोष्टर पम्पलेटहरु जनकपुरका युवाहरुले

आज हटाइएको छ ।

यूवाहरुको एक समूहले होडिङ बोर्डहरु हटाएका हुन् । होडिङ बोर्ड हटाउने क्रममा मुख्यमन्त्री राउतको तस्विर यूवाहरुले च्यातेका छन् ।

मन्दिर कुरुप बनाएकाले होडिङ बोर्डहरु हटाएको नेकपा एमालेका यूवा नेता सरोज मिश्रले सामाजिक सञ्जालमा लेखेका छन् । उनले अब होडिङ बोर्ड नलगाउन चेतावनी समेत दिएका छन् ।

जानकी मन्दिरका महन्थ राम तपेश्वर दाससँग उनीहरुले मन्दिर परिसरभित्र १५ दिने माध्यमिकी परिक्रमाको जानकारी, मन्दिरको जानकारी, जनकपुरको अन्य धार्मिक स्थलहरुको जानकारी सहितको पोष्टर मात्र व्यवस्थित तरिकाले लगाउन भनेका छन् ।


२०७८ भाद्र १२, शनिबार १५:३८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय