काठमाडौं : अभिनेत्री प्रियंका चोपडा अहिले आफ्नो हलिउड फिल्म सिटाडेलको सुटिङमा व्यस्त छिन् ।
उनले सुटिङका केही तस्वीरहरु पनि सार्वजसिनक गर्दै आइरहेकी छिन् । हालै प्रियंका फिल्मको सुटिङका क्रममा घाइते भएकी छिन् । उनले आफूलाई लागेको चोट देखाउँदै इन्स्टाग्राम स्टोरी शेयर गरेकी छिन् ।

प्रियंकालाई फिल्मको द्वन्द्व दृश्य सुटिङ गर्ने क्रममा चोट लागेको हो । यो दृश्यमा पिंपंकासँग रिचार्ड म्याडन र पेड्रो लियान्ड्रो पनि छन् । सिटाडेलमा प्रिपंकाले एक जासुसको भूमिका निभाएकी छिन् ।
प्रियंका विगत केही समयदेखि लण्डनमा यो फिल्मको सुटिङ गरिरहेकी छिन् । यसअघि उनले टेक्स्ट फर युको सुटिङ पूरा गरेकी थिइन् ।

सिटडेल अमेजन प्राइममा रिलिज हुनेछ । यो प्रियंकाको वेब सिरिजमा डेब्यू हो । सिटडेलका अलावा प्रियंकासँग कैयौं हलिउड र बलिउड प्रोजेक्ट छन् । उनी चर्चित हलिउड स्टार कीनु रिभ्सको साथमा मेट्रिक्स ४, मिडी केलिंगको साथमा एक रोमान्टिक कमेडी, वेडिङ थिम्स रियालिटी शो, मां आनन्द शीलाको बायोपिक लगायतमा काम गरिरहेकी छिन् ।

यसका अलावा फरहान अख्तरको निर्देशनमा बलिउड फिल्म जी ले जराको पनि घोषणा भएको छ जसमा प्रियंका, आलिया भट्ट, कट्रिना कैफ समेत हुनेछन् ।

priyanaka_chopada1


२०७८ भाद्र १२, शनिबार ०९:१६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय