काठमाडौं: पृथ्वीमा यस्ता ठाउँहरु छन् जहाँको बारेमा धेरैलाई थाहा छैन । इटलीमा पनि यस्तो एउटा गाउँ छ जहाँ वर्षमा ३ महिना घाम देखिँदैन । आवश्यकता नै आविष्कारको जननी हो भनेजस्तै यो गाउँका मानिसहरुले प्रकाश पाउनको लागि आफ्नै कृत्रिम सूर्य बनाएका छन् ।

इटलीको यो गाउँको नाम भिगानेला हो । यो देशको उत्तरी क्षेत्रमा पर्छ । यो गाउँ चारैतिरबाट पहाड र घाटीहरुले घेरिएको छ । यही कारण खासगरी जाडो मौसममा नोभेम्बरदेखि फेब्रुअरीसम्म यहाँ अँध्यारो भइरहन्छ किनकि सूर्यको किरण यो गाउँसम्म पुग्न सक्दैन । लामो समयसम्म सूर्यको प्रकाश नपर्दा यहाँ रोगहरु फैलिन थाल्थे । प्रकाश नहुँदा मानिसहरुमा नकारात्मक मानसिकता, निद्राको कमी, मुड खराब हुने जस्ता समस्याहरुबाट ग्रसित हुन्थे र अपराध पनि बढ्थ्यो ।

अपहले भने या गाउँका मानिसहरुले अँभ्यारो हुने ३ महिनाको लागि प्रकाशको व्यवस्था गरेका छन् । यो गाउँका मानिसहरुले सन् २००६ मा १ लाख युरो खर्च गरेर ८ मिटर लामो र ५ मिटर फराकिलो स्टिल शीटको निर्माण गरेका छन् । यो पातामा प्रकाश परेपछि पूरै गाउँमा उज्यालो फैलिन्छ । सूर्यको मार्गको अनुसारण गर्नको लागि यसलाई कम्प्युटरसँग जोडिएको छ ।

यो प्रविधिको प्रयोगको विषयमा कुरा गर्दै भिगनेलाका मेयर पियरफ्रेंको मिडालीले भने ‘यो सजिलो थिएन । हामीले यसको लागि उचित सामग्री खोज्नु थियो । प्रविधिको बारेमा सिक्नु थियो र विशेष रुपले पैसाको चिन्ता गर्नु ठूलो चुनौती थियो । यो प्रविधिबारे बताउँदै एक वैज्ञानिकले भने ‘यो स्टिल शीटमा जडान गरिएको ऐनाले दिनमा ६ घण्टा सूर्यको प्रकाशलाई प्रतिबिम्बित गर्छ ।’ मिडालीले भने ‘यो परियोजनाको पछाडिको विचारको वैज्ञानिक आधार भन्दा पनि मानवीय आवश्यकता हो ।’

२०७८ भाद्र १२, शनिबार ०७:५१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय