
नेपाली काँग्रेसको उदयमान नेताको रुपमा अगाडी बढ्दै समाजको सेवामा तत्पर लागिरहने एक योद्धा अरविन्द महतो हुन् । नेपालको लोकतान्त्रिक आन्दोलन सधै आफनो अग्रसरता देखाईरहने महतो काँग्रेसमा एक अडिग र प्रष्ट वक्ता हुन् । उनले पछिल्लो समय धनुषाको बिभिन्न क्षेत्रमा गरेको समाजिक कार्य प्रशंसनीय छ ।
देशमै समाजिक र राजनीतिक स्तरमा सधै एक कदम अगाडी रहने महतोसंग नेपाली काँग्रेसको महाधिवेशन लक्षित गरिएको कुराकानीको संक्षिप्त सार संक्षेप । नेपाली काँग्रेसको आउँदो महाधिवेशनको केन्द्रिय सदस्यमा निर्वाचन लड्ने सुनिश्चितता गरेका महतोसंग नेपाली काँग्रेस र सम्बद्ध भातृसंगठन बारे गरिएको कुराकानीको अंश :
१) नेपाली कांग्रेस कस्तो पार्टी हो ? समाजवादी दल भनिन्छ तर यसका लागि ठोस कार्यक्रम के छन् प्रचारमा आएको छैन ।
नेपाली कांग्रेस नेपालको एक समाजवादी-जनवादी राजनीतिक दल हो। यो दलको स्थापना २००६ चैत २७ मा नेपाल राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातान्त्रिक काङ्ग्रेसको एकिकरणबाट भएको थियो। हाल यस दलको सभापति शेरबहादुर देउवा हुन्। यो दलको युवा सङ्गठन नेपाल तरुण दल हो भने विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ हो ।
हाल यो प्रतिनिधि सभा र राष्ट्रिय सभाको प्रमुख प्रतिपक्ष दल समेत हो।नेपाली कांग्रेसका प्रधानमन्त्रीहरूले राणा शासनको अन्त्य पछि र आम निर्वाचन २०१५ मा, नेपालको पहिलो प्रजातान्त्रिक तवरले निर्वाचित सरकार लगायत पञ्चायत युगको सुरुवातका बीच चारवटा सरकारको नेतृत्व गरेका थिए। प्रतिनिधिसभा निर्वाचन, २०७४ मा, काङ्ग्रेस प्रतिनिधिसभामा दोस्रो सबैभन्दा ठूलो दल बनेको थियो जहाँ यसले कुल २७५ सीट मध्ये ६३ मा विजय हासिल गरेको थियो।
नेपालमा ’राष्ट्रियताको संरक्षण र संवर्धन गर्दै प्रजातान्त्रिक समाजवाद’ स्थापना गर्ने नारा लिएको नेपाली कांग्रेसले वर्तमान सन्दर्भमा राष्ट्रियता, लोकतन्त्र, समाजवादको आदर्श एवं सिद्धान्त अनुरूप सङ्घीय गणतन्त्रात्मक राज्य, बहुलवादमा आधारित बहुदलीय व्यवस्था तथा संसदीय शासन प्रणालीको माध्यमबाट नेपालमा न्यायपूणर् गतिशील र शान्तिपूणर् समाजको निर्माण गरी सामाजिक, राजनीतिक तथा आर्थिक विकाश गर्ने उद्देश्य राखेको छ । यो नेपालका पुराना राजनीतिक दल मध्येको एक हो ।
२. विसं २००६ सालमा नेपाली राष्ट्रिय कांगे्रस र नेपाल प्रजातान्त्रिक कांगे्रसको एकीकरणबाट बनेको नेपाली कांग्रेसमा स्थापनादेखि आजसम्म दुई धार देखिन्छ । आज सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल मात्र नभएर अरु पनि खेमा छन् । यसैगरी अघि बढेरै नेकाले आगामी राष्ट्रिय निर्वाचन जित्नसक्छ ?
अब यो पार्टीको आन्तरिक विषय हो । पार्टी धार-उपधार, मेल-बेमेल, प्रशंसा बिरोध सामान्य कुरा हो भैरहन्छ र यो रोकिने पनि होईन् । लोकतान्त्रिक पद्धति र प्रक्रियालाई धार-उपधारलाई सामान्य रुपमा हामीले लिनुपर्छ । निर्वाच्नमा सधै एकजुट भएर निर्वाचनमा लडिएको छ । जित पनि हात पारिएकै हो नभएको होईन । आगामी निर्वाचनमा समेत हामी देशकै पहिलो दल बन्छौं भन्ने आशा र विश्वास छ ।
३. नेपाल तरुण दल र नेविसंघ अस्तित्वमै नभए सरह छन् । यिनीनीहरुलाई पुनर्जीवित कसरी गर्ने ?
नेपाली कांग्रेसको समाजवाद प्रतिको पहिले देखिको आस्थाको पृष्ठी २०१० साल कार्तिकमा देशका तरुण विद्यार्गीहरूमा प्रजातान्त्रिक समाजवादप्रति आस्था जोगाउने उद्देश्यका साथ नेपाल तरुण दलको गठन भएको थियो ।
२००७ साल लगत्तै शुरु दरवारीय षड्यन्त्रले संविधानसभाको निर्वाचनलाई अनेक बहानामा टार्दै लगेर क्रान्तिको भावना विपरीत वास्तविक प्रजातन्त्रको विकासमा बाधा पारियो । राजा महेन्द्रले त एक पछि अर्को प्रयोग गर्दै प्रजातन्त्रके खिल्ली उडाउने काम गर े। प्रजातन्त्र भनेको यस्तै रहेछ। भन्ने वितृष्णा जनतामा उब्जाउने कुचाल चाले । परिणामतः नेपाली कांग्रेसले बाध्य भएर फेरि एकपल्टै देशव्यापी सत्याग्रहमा उत्रन अग्रसर हुनुपर्यो। राजाको निर्वाचन टार्ने नियतबाट रुष्ट भएका विभिन्न पार्टीले समेत नेपाली कांग्रससँग मिलेर आन्दोलनमा भाग लिन तयार भए। “निर्वाचनको तिथि तोकियोस” भन्ने प्रमुख माग राखेर २०१४ साल मार्ग २२ गतेदेखि ‘भद्र अवज्ञा आन्दोलनको नामबाट सत्याग्रह शुरु भयो। पार्टी कार्यकर्ताहरूले सक्रियतार्पूवक अग्रिम भूमिका निभाए। त्यसले गर्दा पार्टीे इज्जत प्रतिष्ठा निकै बढ्थो र पछि निर्वाचनमा फाइदा पुग्न गयो।
दुइ महिनासम्म चलेको सत्याग्रह आन्दोलनका कारण राजाले बाध्य भई वि.सं.२०१५ फागुन ७ बाट संसदको निर्वाचन गर्ने घोषणा गरे। नेपाली कांग्रेस संविधान सभाको निर्वाचनको पक्षमा थियो तर परिस्थिति प्रतिकुल। यस्तो परिस्थितिको निरूपण गर्न तत्काल २०१४ माघमा विरगन्जमा महासमितिको बैठक आयोजना गरी आमनिर्वाचन सम्पन्न गर्न सहयोग गर्ने गरी सत्याग्रह आन्दोलन स्थगित गर्यो।
नेपालको त्यतिखेरको राजनीतिमा निर्वाचन संविधान सभाको लागि संसदको लागि – भन्ने विवाद निकै समयसम्म चल्यो। नेपाली कांग्रेस र कम्यूनिष्ट पार्टीाहेक प्रायः सबै पार्टी राजा भएको मुलुकमा निर्वाचन संसदकै लागि हुनुपर्छ, संविधान राजाले दिर्नुपर्छ भन्ने अडानमा थिए। नेपाली कांग्रेस भने ०७ सालको शाही घोषणाले प्रदान गरेको संविधान सभाको अधिकार जनताले पाउनु पर्छ भनेर संघर्ष गरिनहेको थियो।हाल क्रियाशील रहेका विद्यार्थी संगठनहरू मध्ये सबैभन्दा पुरानो विद्यार्थी संगठन हो नेपाल विद्यार्थी संघ तत्कालीन समयमा दलीय राजनीतिलाई प्रतिबन्ध लगाईएको बेलामा नेपाली काँग्रेसले आफ्नो बहुदलीय एजेण्डालाई स्थापना गराउने उद्देश्यले आफ्नो विचारसँग सहमत विद्यार्थीहरूलाई शैक्षिक एजेण्डामा टेकेर विद्रोह गर्न नेपाल विद्यार्थी संघको स्थापना वि सं २०२७ सालमा गरेको थियो।
नेपालको प्रजातान्त्रिक आन्दोलन जसले नेपालीलाई जहानीय राणा शासन, एकतन्त्रीय पञ्चायती शासन हुँदै तात्कलिन राजा ज्ञानेन्द्रको प्रजातन्त्र हत्याउने कदम विरुद्ध समेत लडेर नेपाललाई संघीय गणतन्त्रात्मक नेपाल बनाएको छ । प्रजातान्त्रिक आन्दोलनको यो कालसम्म आइपुग्दा विद्यार्थी राजनीतिको भूमिका अतुलनीय रहेको कुरा नकार्न सकिँदैन ।
नेपाली राज्य व्यवस्थाले विद्यार्थीको साथ पाएर धेरै परिवर्तनको अनुभूति गर्न सक्यो। चाहे ‘जयतु संस्कृतम्’ को नामबाट होस् या त त्यसपछि भाँचिएका विभिन्न राजनीतिक विचारधारासँग सम्बन्धित विद्यार्थी संगठन नै किन नहोस् । परिवर्तनकारी आन्दोलनलाई उत्कर्षमा पुर्याउने र परिवर्तनको स्वाद चखाउने काम विद्यार्थीहरुकै मार्फत्बाट भएकोमा पनि कसैको दुई मत छैन ।
पञ्चायती शासनमा पिल्सिएका नेपालीहरू र त्यसमा पनि जागरूक विद्यार्थीहरूले प्रवासमा रहेर ‘प्रजातान्त्रिक युवा लिग’ गठन गरेर नेपाल विद्यार्थी संघको प्रारूप चित्र कोर्ने प्रयास भएको देखिन्छ । त्यसँगै देशभित्रका पनि विभिन्न क्याम्पसहरुमा सम्मेलन तयारी समिति गठन गरी २०२७ वैशाख ६, ७ र ८ गते अखिल नेपाल विद्यार्थी सम्मेलन गर्ने मिति तय गरिएको थियो। यसैबाट नेपाल विद्यार्थि संघले औपचारिक जन्म पायो । जसले प्रजातन्त्र पुनर्वहाली, लोकतन्त्र र गणतन्त्रसम्ममा पनि महत्वपूणर् भूमिका निर्वाह गर्दै आएको छ । खासमा यी दुवै मध्ये विद्यार्थी संघ सक्रिय नै छ । तरुणदल थोरै निष्क्रिय छ, त्यसलाई पुनःताजगीका साथ उडान भर्नुपर्ने समय अब आएको छ ।
४. विसं २०७४ को निर्वाचनमा २७५ सिटको प्रतिनिधिसभामा ६३ मात्र पाएको थियो, अब आगामी निर्वाचनमा कति पाउला ?
निर्वाचन आइरहन्छ, गैरहन्छ यो जनताको जनादेशको कुरो हो । यो पारिपार्टी नेपालमा मात्र होईन विश्वको जहाँ पनि जनताले रुचनाउँदा बहुमत, दुई तीहाई हुन्छ नरुचाउँदा सिकुरिएर जान्छ यो हाम्रो यहाँ नभएर विश्वव्यापी मान्यता नै हो । आगामी निर्वाचनको जहाँसम्म कुरा आउँछ, त्यसमा हामी राम्रो गर्न सक्छौं । ठयाक्कै किटान गरेर भन्न नसकिएपनि हामी पहिलो स्थानमा हुन्छौं भन्ने विश्वकास साथ हामी र हाम्रो अग्रपंक्तिले काम गरिरहेको छ । त्यसका लागि वडा स्तरदेखि लिएर क्षेत्र, जिल्ला हुँदै प्रदेश र देशमै संगठन मजबुत निर्माणको काममा हामी लागिसकेका छौं ।
५. नेपाली कांग्रेसको आगामी महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन के कुरामा ध्यान दिनुपर्ला ?
नेपाली काँग्रेस देशकै सबैभन्दा पुरानो र विकराल पार्टी हो । लोकतान्त्रिक विचारमा सबैलाई आ-आफ्नो वाक्य स्वतन्त्रता र आलोचना तथा समर्थन गर्न छुट दिईएको हुन्छ । अझ नेपाली काँग्रेस जस्तो पारदर्शी, बिधि शासित, विधि संरक्षित र लोकतान्त्रिक मुल्य मान्यता बोकेको पार्टीमा दश थरी कुरा उठनु स्वभाविक हो त्यसैले फरक फरक धार र पंक्ति हुनु स्वभाविक पनि हो ।
सरी तीन पुस्ते चार पुस्ते नेताहरु छन् । १८ वर्षदेखि लिएर ८० वर्ष र सो भन्दा माथिका नेताहरु नेपाली काँग्रेसमा छन् । अनि उमेर फरक, बिधि फरक, बुझ्ने सम्झने देखि लिएर हरेक विषयवस्तु फरक भएपनि त्यो यताउता हुनु स्वभाविक हो । त्यो हुनुपनि पर्छ तर अबको महाधिवेश एकताको महाधिवेशन हुन्छ । गुट उपगुट भन्दा पनि पार्टीलाई एकताबद्ध गरेर कसरी लैजाने, दिशा र दशा बुझनेगरी एकताको महाधिवेश हुन्छ भन्ने मेरो विश्वास छ ।
६. पार्टीमा युवाको नेतृत्व नभएका कारण पार्टीले पछिल्ला वर्षमा कमजोरी भोग्नुपरेको हो भनिन्छ, तपाईं के भन्नुहुन्छ?
एक्जाएक्ट कुरो गर्नुभो ! अब पुरानो प्रवृतीले पार्टी चल्दैन । पार्टी चलाउन नयाँ जोश र जाँगर भएको मानिस चाहिन्छ । नेपाली काँग्रेसलाई पुरानो गोरु भनेर त्यतिक्कै भनिदैन, यहाँ त राजनीतिक हस्तान्तरणको कुरा अब हुँदैछ र यो हुनुपनि पर्छ ।
पार्टीलाई नयाँ दशामा डोर्याउन युवा शक्ति अगाडी नआए पार्टी अझ धाराशाही हुन्छ, त्यसैले पुराना नेताहरुले पुस्तान्तरण हस्तान्तरणको बाटोमा लगेर युवा पुस्ताको पार्टी जिम्मा लगाउनुपर्छ । र वहाँहरु मार्गनिर्देशक भएर अब पार्टी युवाका हात्तमा सुम्पिनु नै बुद्धिमतापूणर् हुन्छ । पार्टीको पछिल्लो कमजोरीहरु थु्रपैछन तर त्यसलाई पहिल्याउनु भन्दा त्यसलाई मनन् गर्दै त्यस्ता गल्तिहरु नदोहोर्याईकन खगाडी बढे कल्याण हुन्छ । पार्टी निर्वाचनमा पराजयको कारण पनि यस्तै यस्तै कमी कमजोरी छ बिस्तारै यसलाई सुधार गरेर लैजानुपर्छ ।
७. राजपा लगायतका तराईवादी पार्टीको गठनले तराईमा नेपाली कांग्रेस कमजोर भएको प्रमाणित गर्छ ? किनभने त्यसको नेतृत्वमा रहेका महन्थ ठाकुरले नेका छोडेर नै त्यसको नेतृत्वमा जानुभएको हो ।
मधेशवादी भनौं वा तराईवादी शक्ति भएर मधेशमा कमजोर भयो भन्नु गलत तर्क हुन्छ । नेपाली काँग्रेसले लालकिल्ला मधेश पहिल्यै थियो । तर पछिल्लो समय केही असन्तुष्ठि व्यक्त गर्दै काँग्रेसका प्रभावशाली नेताहरु जस्तै महन्त ठाकुर, शरतसिंह भण्डारी लगायत अन्य थ्रूपै नेता कार्यकर्ताहरु उतातिर लागे तर यो हुदैमा पार्टी नै कमजोर भयो भन्नु गलत हुन्छ । कतिपय विशिष्ठ नेताहरु अन्य पार्टीमा गएर पनि पुनः आफ्नै घर फर्किनुभएको छ । त्यसैले तराईमा मधेशवादी शक्तिले गरेर कमजोर भएको भन्नु ठीक हुदैन । हाम्रो र वहाँहरुको एजेण्ड फरक छ, त्यसैले कमजोर होइन् यसलाई चाँही शक्ति केन्द्रहरुको बाँडफाँड भएको भनेर बुझौं ।
८. मुलुकको समृद्धि र अग्रगमनका लागि नेकाको भिजन के हो वा के हुनुपर्छ ?
मैले नेपाली काँग्रेसको आसन्न महाधिवेशनमा आर्थिक, नीतिगत एवं संस्थागत रुपमा पार्टी तथा देशलाई बलियो बनाउने मुख्य एजेण्डा लिएको छु । पुनर्निर्माणका लागि नयाँ अवधारणा सहित एउटा ठोस कार्ययोजना तयार हुनुपर्छ भन्ने मेरो एजेण्डा हो । हामीले नेपालको लोकतान्त्रिक संविधानको निर्माण गरिसकेका छौं । त्यो संविधानको कार्यान्वयनका लागि पनि नेपाली काँग्रेसलाई सही गति र दिशामा डोहोर्याउन पनि मैले महत्वपूणर् भूमिका खेल्ने एजेण्डालाई पनि समेटेको छु । त्यस्तै युवा स्वरोजगारका कुरा, पार्टीमा हाम्रो मान्छे नभई राम्रा मान्छेको खोजी गर्ने कुरा साथै आर्थिक नीति सम्बन्धी आवश्यक सुधार लगायतका विषयलाई पनि मैले आफ्नो एजेण्डामा समेटेको छु ।
नेपालमा अनुदान यत्ति मात्रामा आइरहेको छ कि त्यसको हामीले सदुपयोग गर्न नसक्दा हामी सधैभर अनुदानकै भरमा चल्ने नागरिक जस्ता भएका छौ । त्यसैले अनुदानको सही प्रयोगका लागि सही कार्ययोजना निर्माणमा सहयोग गर्न पनि मैले आफ्नो उम्मेद्वारी दिएको हुँ । हामी उर्जा उत्पादनमा सधैं फेज वाइज रूपमा अगाडि बढ्नुपर्ने हुन्छ । यो फेज यति समयमा सम्पन्न गरिसक्नुपर्ने भनेर हामीले पहिले नै स्पष्ट हुनु आवश्यक छ । विकासका लागि टाइमिङ तोक्नुपर्ने देखेको छु । हाम्रो ऐतिहासिक र प्राकृतिक रुपमा विश्वकै सुन्दर मुलुकमा युनिभर्सिटी नै खोलेर टुरिजमको विकास गर्न सकिन्छ । यस्तै कृषि क्रान्तिबिना मुलुकको समृद्धि संभव छैन । हामीले इजरायलमा जस्तै कृषि फार्ममा नै गएर कृषकहरूलाई उचित मात्रामा मूल्य दिई कृषि उत्पादन खरीद गर्ने व्यवस्था गर्न सकिन्छ । कृषि र कृषक प्रोत्साहित हुने अर्थनीति अँगाल्न सक्नुपर्छ, अनि मात्र आर्थिक क्रान्ति संभव छ ।
अर्कोतर्फ राजनीतिलाई पेशा होइन भन्ने कुरा स्थापित गराउनुछ । हामीले जतिसुकै आदर्शको कुरा गरे पनि राजनीतिलाई पेशा बनाइयो भने नेपाल जस्तो मुलुकमा भ्रष्टाचार यसै पनि मौलाउने पक्का छ । त्यसैले राजनीति पेशा होईन, यो त सामाजिक न्यायको आधार मात्रै हो भन्ने आदर्श स्थापित गराउन पनि मैले चाहेको छु । यो विषयमा युवाहरु बढी सचेत हुन आवश्यक देख्छु । गर्न सक्यौं भने नेपाललाई धेरै छोटो समयमा विश्वकै धनी देश बनाउनसक्ने भिजन मसँग छ । कम्तीमा १० वर्षे प्याकेज बनाएर अगाडि बढ्ने हो भने नेपाललाई कहाँबाट कहाँ पुर्याउन सकिन्छ ।
९. थप केही भन्न चाहनुहुन्छ कि ?
अन्त्यमा सम्पुणर् नेता कार्यकर्ताहरुलाई आगामी महाधिवेशनमा जनताको ईच्छा र चाहना बमोजिम म पनि केन्द्रिय सदस्यमा चुनाव लड्न चाहन्छु भन्ने जानकारी गराउँन चाहन्छु । र के पनि भन्न चाहन्छु भने म मेरो ईच्छा वा चाहनाले लड्न लागेको होईन वहाँहरुको उत्प्रेरणा र हौसालाले महाधिवेशनमा केन्द्रय सदस्यमा उठन चाहेको छु । मेरो लागि एउटा चूनौतीपूणर् यात्रा हो, र यसमा मलाई सबैले साथ दिनुहुन्छ भन्ने चाहना र विश्वास छ । मलाई माया गर्नुहुने सम्पुणर् नेता कार्यकर्तामा म नेपाली काँग्रेस प्रतिको आदर भावलाई मनन गर्न आग्रह गर्दै सेवाको मौका दिन यहाँहरु मार्फत सबैलाई आग्रह गर्न चाहन्छु ।