लोकतान्त्रिक समाजवादी पार्टी

काठमाडौं: नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका शीर्ष नेताहरु मधेस झर्ने भएका छन्। दल विभाजनसम्बन्धी अध्यादेशअनुसार जसपाबाट छुट्टिएर बनेको लोसपाका नेताहरु प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको धारणा बुझ्न प्रदेश २ जान लागेका हुन्।

अध्यादेशअनुसार २१ दिनभित्र प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले दल रोज्ने समय दिएको छ । दल दर्ता भएको मितिले २२ भदौसम्म जनप्रतिनिधिले सनाखत गर्नुपर्नेछ । जसपाबाट छुट्टिएर लोसपा आउने जनप्रतिनिधिका लागि अब एक सातामात्रै बाँकी छ।

यस्तो बेला जनप्रतिनिधिको धारणा बुझ्न मधेस झर्न लागेको नेता शरतसिंह भण्डारीले जानकारी दिए । उनका अनुसार अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, अनिल झालगायत शीर्ष नेताहरु जनप्रतिनिधि भेटघाटका लागि बुधबार प्रदेश २ को राजधानी जनकपुर पुग्दैछन् ।

प्रदेश सांसद, मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।

मधेसमा जसपा र लोसपाबिच जनप्रतिनिधि तानातान चलिरहेको छ । दुवै पार्टीका नेताले आफूतिर पार्न लबिङ गरिरहेका छन् । केही दिनअघि जसपाका अध्यक्ष उपेन्द्र यादवसहित नेताहरु पनि जनप्रतिनिधि आफूतिर तान्न मधेस झरेका थिए ।

२०७८ भाद्र १५, मंगलवार १९:३१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय