काठमाडौं : नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ । अस्पतालका अनुसार उनको बुधबार साँझ ६ः५१ बजे निधन भएको हो ।

लामो समयदेखि नर्भिकमा उपचाररत घिमिरेको मुटु र मिर्गौलाले काम गर्न छोडेको अस्पतालले जनाएको छ । मंगलबारमात्र अस्पतालले पत्रकार सम्मेलन गर्दै उनको अवस्था स्थिर रहेको जनाएको थियो । उनलाई अक्सिजनको सपोर्ट दिएर सिसियुमा राखिएको थियो ।

नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष माेहन निराैलाले फेसबुकमार्फत निशाकाे निधनकाे पुष्टी गरेका छन् ।

उनका पिता प्रेम घिमिरेका अनुसार निशालाई पाइपको सहायताले झोलिय खानेकुरा खुवाइँदै आएको थियो ।

तीन वर्ष अघि मोडलिङ पढ्न देहरादुन पुगेको डेढ महिनामा नै उनी दुर्घटनामा परेकी थिइन् । त्यहाँ प्रारम्भिक उपचार पछि उनलाई काठमाडौंको ट्रमा सेन्टर ल्याइएको थियो ।

तीज गीतको भिडियोबाट मोडलिङ सुरु गरेकी निशाले झण्डै तीन दर्जन हाराहारीमा भिडियोमा अभिनय गरेकी छन् । उनले फिल्म ‘मधेशीपूत्र २’ र टेलिफिल्म ‘डियर जिन्दगी’मा अभिनय गरेकी छन् ।


२०७८ भाद्र १६, बुधबार २१:४५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय