
काठमाडौं : अफगानिस्तानबाट अमेरिकाको सैन्य अभियान पूर्ण रुपमा फिर्ता भएको छ । अमेरिकी रक्षा विभागले एक तस्वीर जारी गरेको छ । तस्वीर जारी गर्दै विभागले तस्वीरमा देखिएका यी सैनिक अफगानिस्तान छाड्ने अन्तिम अमेरिकी सैनिक भएको बताएको छ । विभागले यी सैनिक मेजर जनरल क्रिस डोनाह्यु भएको बताएको छ जो अफगानिस्तानबाट अमेरिका जान लागेको अन्तिम सी–१७ विमानमा चढ्दैछन् ।
उनको पूरा नाम क्रिस्टोफर टोड डोनाह्यु हो । उनी अमेरिकी सेनाका २ स्टार जनरल हुन् । उनी अहिले अमेरिकाको नर्थ क्यारोलिनाको फोर्ट ब्रागमा रहेको ८२ औं एयरबर्न डिभिजनका कमाण्डिङ जनरल हुन् । आफ्नो करिअरमा क्रिसले अमेरिकी सेना र स्पेसल अपरेशन युनिटमा स्टाफ र कमाण्डिङ पोजिसनमा रहेर काम गरेका छन् ।
न्यूयोर्कको वेस्ट प्वाइन्टमा रहेको अमेरिकी सैनिक एकेडेमीबाट ग्रयाजुएसनपछि सन् १९९२ मा क्रिसले सेकेण्ड लेफ्टिनेन्टको रुपमा इन्फेन्ट्री शाखामा काम सुरु गरेका थिए । उनको पहिलो असाइनमेन्ट दक्षिण कोरियामा सेकेण्ड इन्फान्ट्री डिभिजनमा प्लाटुन लिडरको रुपमा थियो । डोनाह्युले यो अवधिमा पूर्वी युरोप, मध्यपूर्व, दक्षिण पश्चिम एसिया र अफ्रिकामा विभिन्न मिशनमा काम गरेका छन् ।
The last American soldier to leave Afghanistan: Maj. Gen. Chris Donahue, commanding general of the @82ndABNDiv, @18airbornecorps boards an @usairforce C-17 on August 30th, 2021, ending the U.S. mission in Kabul. pic.twitter.com/j5fPx4iv6a
— Department of Defense 🇺🇸 (@DeptofDefense) August 30, 2021