काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई बलजफ्ती आएको पाहुनाको संज्ञा दिएका छन् ।

सोमबार राजधानीमा आयोजित युवा संघको कार्यक्रममा बोल्दै उनले देउवा सरकारलाई अवैध सम्बन्धका कारण जन्मिएको भन्दै आक्रोश पोखे ।

आफ्नो सरकार हुँदा देशमा अत्याधिक विकास भएको पनि उनले बताए ।

अहिलेको सरकारले छिमेकी देशसँग अनावश्यक विवाद बढाएको र आफ्ना नागरिकको हत्या नै हुँदा पनि नबोलेको भन्दै चर्को आलोचना गरेका छन् ।


२०७८ भाद्र २१, सोमबार १९:०१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय