सर्लाही : भोरको सहजीकरण, प्राविधिक तथा व्यवस्थापकिय सहयोगमा अती विपन्न जस्लाई प्रविधिक सहयोग नभएर र आय स्रोत नभएको दलितले आफ्नो देशको नागरिकता समेत बनाउन सकेन उनको सहयोगको लागि भोरले एक अभियान थालेको छ । यसमा कति पय अति विपन्न गरिबले रु. १०० नभएको कारणले गर्दा पनि आफ्नै देशको नागरिक हुनु बाट वन्चित छन ।

आफनै देशमा पुस्तौ देखि बसोबास गरे पनि अनागरिक बनेकालाई भोरको उपहार
२४ भाद्र २०७८ देखि चन्द्रनगर गांउपालिका, सर्लाहीबाट शुभारम्भ

नागरिकता सहयोग डेस्कबाट प्रदान गरिने एकीकृत निःशुल्क सेवाहरु :
१. निःशुल्क नागरिकता फारम, डांक टिकट, नागरिकताको लागि फोटो, आवश्यक कागजातको फोटोकपी
२. स्वंयसेवक मार्फत नागरिकता फारम भर्ने तथा आवश्यक सम्पूर्ण कागजात तयार गरि दिने (निःशुल्क)
३. वडा कार्यालय स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालय सित समन्वय, सहजीकरण तथा सहकार्य
४. कोभिड१९ महामारीको रोकथाम तथा नियन्त्रणमा सहयोग पुरयाउन निःशुल्क मास्क र सेनिटाइजर प्रदान

एउटा स्थानीय तहबाट शुरु गरेर श्रोतको उपलब्धताको आधारमा प्रदेश २ को आठ वटै जिल्ला र १३६ स्थानीय तहमा यो पहललाई कार्यान्वयन गर्ने योजना भोरको छ । मनकारी व्यक्ति तथा संस्थाहरुलाई श्रोत सहयोगको लागि हार्दिक आग्रह छ ।

२०७८ भाद्र २३, बुधबार २२:४८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय