अनिल साह,

जनकपुरधाम : धनुषामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

धनुषाको विदेह नगरपालिका-६ एकराहीमा बिहिबार राति ११:३० बजे  मोटरसाइकलको ठक्करबाट सोही स्थानका पाल्टु महराकी ४० वर्षीया पत्नी  दलितिया देवी महराको मृत्यु भएको छ।

प्रहरीका अनुसार बिहिबार राति ज.७.प. ९८१२  नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी महरालाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्।  ।

गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा राति १ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल र चालक हँसपुर-८ का चन्दे साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

२०७८ भाद्र २५, शुक्रबार ०९:०६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय