File Photo

किसन साह,

सर्लाही : सुनसरीको दुहबी नगरपालिका–८ स्थित सोनापुरमा को.१ क.३३९५ नम्बरको ट्रकले ना.५५ प. ९९७९ नम्बरको मोटरसाइकल लाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाही लालबन्दी नगरपालिका-८ का ३० वर्षीय सुलभ गिरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।

शुक्रबार ठक्कर दिँदा मोटरसाइकल चालक गिरी गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका गिरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक र चालक नारायण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

२०७८ भाद्र २६, शनिबार १६:३७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय