किसन साह,
सर्लाही : सर्लाहीको ईश्वरपुर नगरपालिका–४, स्थित सागरनाथ पोखरीमा डुबेर एक वृद्धको ज्यान गएको छ ।

स्थानीय मदन मोक्तानको पोखरीमा डुबेर सोही ठाउँका ७८ वर्षीय लालबहादुर घिसिङको ज्यान गएको हो । शुक्रबार राती ९-१० बजेतिर घरबाट डुल्न निस्कनु भएका घिसिङ शनिवार बिहान पोखरीमा डुबेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीयवासीका अनुसार घिसिङले अत्यधिक मदिरा सेवन गर्थे । मृतकको शव जिल्ला अस्पताल मलंगवामा पोष्टमार्टम गरी परिवारले बुझिसकेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनायो ।

२०७८ भाद्र २६, शनिबार २१:३१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय