जनकपुरधाम : संघीय राजधानी काठमाण्डौंबाट भाडामा गाडी बुकिङ्ग गरी ल्याएर लुट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौंबाट बा २ ज ३९४० नम्बरको सुजूकी अल्टो गाडी घर पुर्‍याईदिन भनी भाडामा ल्याएर सर्लाही स्थित बाँके जङगलमा गाडी लुटेर भाग्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको हो ।

काठमाण्डौंबाट घर पुर्‍याईदिन साढे १२ हजारमा भाडा तय गरेर आउने क्रममा आईतवार विहान ५ बजे सर्लाहीको बाँके स्थित जङगलमा चालकलाई रडले टाउँको प्रहार गरी बेहोस् भएपछि गाडी लिएर भागेका उनीहरु पक्राउ परेका हुन् । उनीहरु गाडी लिएर भाग्ने क्रममा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका हरिहरिपुर स्थित अनियन्त्रित भई गाडी दुर्घटना भएपछि ई-रिक्सा चढेर भागेका थिए ।

यता सूचना पाएलगत्तै प्रहरीको विशेष टोलीले अनुसन्धान गर्दै जादा ई-रिक्सा चढी भाग्दै गरेको अवस्थामा धनुषाको धनुषाधामबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउ पर्नेमा सुनसरी जिल्लाको भोक्राहा ५ बस्ने २७ वर्षिय मुरुदिन मियाँ र नविब आलम रहेको प्रहरीले जनाएको छ । उनीहरु नातामा मामा-भान्जा हुन् ।

पक्राउ परेका दुवै जनालाई प्रहरी हिरासतमा ल्याई थप अनुसन्धान प्रक्रिया अगाडी बढाईएको छ । उनीहरु जिल्ला अदालत धनुषाबाट म्याद थप गरी अनुसन्धान अगाडी बढाईने प्रहरी उपरिक्षक प्रकाश रानाभाटले जानकारी दिए ।


२०७८ भाद्र २७, आईतवार ११:५०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय