जनकपुरधाम : धनुषामा गएराती डकैती भएको छ । डकैतहरुले बम समेत पडकाएको स्थानीयहरुले जनाएका छन् ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ९ कुम्हरा टोलस्थित गएराती करिब १ः३० बजेको समयमा डकैती भएको स्थानीयलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

स्थानीय सिटहु यादवको घरमा डकैती भएको स्थानीयले बताएपनि जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता जीतेन्द्र बस्नेतका अनुसार, प्रकृति चोरीको देखिएको बताए ।

फेला परेको बारुद भरिएको पान परागको बट्टा पड्किदा तीन जनाको हातमा सामान्य चोट मात्र लागेको छ ।

यद्यपी, जिल्ला प्रहरी कार्यालय धनुषाले त्यसको यकिन नभएको बताएको छ ।

घटनाको जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय ढल्केवरको प्रहरी टोली अहिले घटनास्थलमा पुगेर मुचुल्का गरिरहेको प्रवक्ता बस्नेतले बताए । संचारकर्मी सँगको कुराकानीमा उनले बाँसको टाट फोडेर ३५ हजार रुपैयाँ नगद र गरगहना समेत चोरी भएको बताए ।

बम फालेको, विस्फोट भएको बारेमा कुनै यथार्थ जानकारी अहिले नआएको उनले बताए । यसको अनुसन्धानको लागि प्रहरीको टोली घटनास्थलमा पुगेको बताइएको छ ।

 

२०७८ भाद्र २९, मंगलवार १०:४३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय