काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो भन्दाबढी सुनका गरगहनासहित दुई जना पक्राउ परेका छन् । काठमाडौंबाट विराटनगर जान लागेका दुई जनालाई गहनासहित प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कैलालीको बर्दगोरिया गाउँपालिका–१ घर भएका ३० वर्षीय बोधराज भण्डारी र धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२ घर भएका ४७ वर्षीय मुरारी राज अधिकारी छन्।

उनीहरुबाट बजार मूल्य अनुसार २ करोड २४ लाख ९२ हजार ३९७ रुपैयाँ बराबरको गहना बरामद भएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि राजश्‍व अनुसन्धान विभाग हरिहर भवन बुझाइएको प्रहरीले जानकारी दिएको छ।

२०७८ भाद्र २९, मंगलवार २२:०३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय