जनकपुरधाम : धनुषाको बिदेह नगरपालिकाका मेयर बेचन दासको अर्को कर्तुत सार्वजनिक भएको छ ।

उनले शुक्रबार कार्यालयमै बाली विकास अधिकृत चन्देश्वर ठाकुरलाई कुट्न लगाएका हुन् । मेयर दासको निर्देशनमा स्थानीय शत्रुधन राय र अंगद रायले कर्मचारी ठाकुरलाई कुटेका हुन् । मेयर दासले पनि खुट्टाले हानेको पीडित कर्मचारी ठाकुरले सुनाए । उनले भने, ‘पेश्की फछ्र्योट गरिदिन मेयर दास कहाँ गएको थिए । तर उहाँले गालीगलौज गर्दै खुट्टाले हान्नुभयो ।

लगत्तै उनका लठैत शत्रुधन र अंगलले पनि कुट्न थाले ।’ तीन वर्ष अगाडीको करिब ११ लाख रुपैया पेश्की कर्मचारी ठाकुरमाथि रहेको छ । उक्त पेश्की फछ्र्योट गर्नकै लागि उनले पटक पटक मेयर दासलाई आग्रह गरेका थिए । शुक्रवार पनि सोही कामका लागि गएका बेला मेयर दासले कमिशन माग्दै कुटपिट गर्न लगाए ।

नगरपालिकामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत मुङ दालको विउ वितरण, मुङ दालको विउ वितरण, बोरिङ जडान, दमकल वितरण, गोठ निर्माण, तालिम र पशु स्वास्थ्य शिविर लगायतका कार्यक्रम गत आर्थिक वर्षमे सम्पन्न भयो । कार्यक्रम करिब ४७ लाखको थियो । सोही कार्यक्रममा भएको खर्चमा १२ लाख कमिसन मेयर दासले माग्न थालेको कर्मचारी ठाकुरले सुनाए ।

उनले भने, ‘कार्यक्रम अन्तर्गत सबै समान मेयर दासकै समन्वयमा खरिद भएको छ । उहाँका हरेक ठाउँमा हस्ताक्षर छ । कार्यक्रम पनि उहाँकै समन्वयमा भयो । अहिले १२ लाख कमिशन माग्नुहुन्छ । पैसा बचेकै छैन ।

म कहाँबाट कमिशन दिनु ?’ कुटपिट गरेपछि कार्यकारी अधिकृत सञ्जिव साह समक्ष गुनासो गरेको तर कुनै वास्ता नगरेको उनले गुनासो गरे । कुटपिट गरेका अंगद, शत्रुधन, नगर प्रमुख दास र कार्यकारी अधिकृत सञ्जिव कुमार साहमाथि प्रहरीमा किटानी जाहेरी दिने उनले बताए ।

भने, ‘घटनालगत्तै एसपी साहेबसँग कुरा गरे । उहाँले उजुरी लिएर आउनु भन्नुभएको छ ।’ यता, मेयर दासले कर्मचारी ठाकुरमाथि कुटपिट गरेको दावी गरे । उनले भने, ‘कर्मचारी ठाकुर झुठो बोलिरहेका छन् । यहाँ सबै कोठामा सिसि क्यामेरा पनि छ ।

यदि कुटेको भए क्यामेरामा कैद त भएको होला । आएर हेर्नुस् ।’ उनले कर्मचारीले किसानलाई दिनुपर्ने दमकल पनि नदिएको पनि बताए ।

२०७८ आश्विन ९, शनिबार ०६:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय