जनकपुरधाम : धनुषाको शहिदनगर नगरपालिकाले नगरको गर्भवति महिला तथा सुत्केरी महिलालाई केन्द्रीत गरी एक दिने अभिमुखिकरण कार्यक्रम गरेको छ ।

नगरभित्रकी गर्भवति तथा सुत्केरी महिलालाई पोषणको मामिलालाई केन्द्रीत गरी फोलिक एसिडि एवम् क्याल्सीयम चक्की वितरण सम्बन्धी नगरका स्वास्थ्यकर्मीहरुलाई एक दिने अभिमुखिकरण तालिम प्रदान गरिएको हो ।

स्वास्थ्य शाखा सँयोजक कपिलदेव अधिकारीको अध्यक्षता तथा नगर प्रमुख उदय कुमार बरबरिया (यादव) को प्रमुख आतिथ्यमा शुक्रबार उदघाटन कार्यक्रम गरी एक दिने अभिमुखिकरण तालिम दिएको हो ।

नगरकी महिलाहरुमा गर्भवतिको अवस्था सहित सुत्केरी महिलाहरुलाई फोलिक एसिड तथा क्याल्सीयमको चक्की प्रदान गरी पोषण कम हुन नदिने भन्दै स्वास्थ्यकर्मीहरुलाई सोही सम्बन्धी अभिमुखिकरण तालिम दिएको हो ।

sahid_nagar_nagarpalika_dhanusha_nepalvani (3)

नगरभित्रकी लक्षित महिलाहरुलाई स्वास्थ्यकर्मीहरुले सम्पूर्ण पोषण परिपूर्ति गर्नको लागि गर्नुपर्ने कार्यको आकार, कार्यको विवरण, कार्य दक्षता, कार्यशैली सम्बन्धी तालिम दिएको बताइएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सत्रुध्न यादवको विशेष उपस्थितिमा ९ वटै स्वास्थ्य चौकीका कर्मचारीहरुलाई एक दिने अभिमुखिकरण तालिम दिएको हो । लक्षित वर्गलाई फोलिक एसिड एवम् क्लाल्सीयम चक्की वितरण गर्दा दिनुपर्ने विशेष ध्यान सम्बन्धी अभिमुखिकरण गरिएको हो ।

sahid_nagar_nagarpalika_dhanusha_nepalvani (3)

समयमा पोषणको कमीले हुने समस्या र शिशुमा देखिने जन्मजात रोग नियन्त्रणको लागि स्वास्थ्यकर्मीहरुले अहम भूमिका निर्वाह गर्नुपर्ने लक्ष्य सहित सो अभिमुखिकरण गरिएको बताइएको छ ।

सो अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य शाखाका उपसँयोजक रामसिकिल यादव, ९ वटै स्वास्थ्य चौकीका प्रतिनीधि, स्वास्थ्यकर्मी, शिक्षा शाखाका धनेश्वर यादव सहित अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

२०७८ आश्विन ९, शनिबार १७:२५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय