
किसन साह,
सर्लाही : सर्लाही जिल्लाको सदरमुकाम मलंगवामा शनिवार दुई जनाको शव फेला परेको छ ।
जसमध्य एक नवजात ७ महिने नवजात शिशु रहेका छन् ।सदरमुकाम मलंगवाको पानीटंकीबाट उत्तर पल्सी जाने सडक छेउमा रहेको उक्त पोखरीमा शनिवार बिहान तैरिरहेको अवस्थामा शिशुको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गराएको थिए ।
स्थानीयवासी श्याम महतोले गर्भावस्थाकै शिशु फालेको जस्तो देखिएको बताए । उता शनिवार दिउँसो सदरमुकाम मलंगवा नगरपालिका वडा नं. ७ गणेशियास्थित नहरमा एक बेवारिसे पुरुषको शव फेला परेको छ ।
कुहिन थालेको अवस्थामा अन्दाजी ३५-४० वर्षका पुरुषको शव फेला परेको प्रहरी निरीक्षक एवं सूचना अधिकृत कृष्ण गिरीले जानकारी दिए ।