जनकपुरधाम : जनकपुरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुने भारत विहार निवासी ४० वर्षीय आनन्द किशोर दास रहेको प्रहरीले जनाएको छ।

आइतबार दिउँसो जनकपुरबाट ढल्केबर तर्फ जाँदै गरेको ना ७ ख ४७४८ नम्बरको टिपर र विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकल पिडारी चोकमा ठोक्किएर दुर्घटना भएको धनुषाका एसपी प्रकाश रानाभाटले जानकारी दिए।

‘गलत साइडबाट मोटरसाइकल लैजाँदा दुर्घटना भएको देखिन्छ,’ उनले भने। उनकाअनुसार दुर्घटनामा घाइते भएका दासको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको छ।

घटनापछि आक्रोशित स्थानीयले ठक्कर दिएको टिपरमा आगजनी गरेका छन्। आगजनीबाट टिपरको पाङ्ग्रा, सिसा र क्याबिनको भाग जलेर नष्ट भएको छ।

मोटरसाइकललाई ठक्कर दिने टिपर चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको एसपी रानाभाटले बताए।

accident

२०७८ आश्विन १०, आईतवार १८:२५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय