जनकपुरधाम : जानकी मेडिकल शिक्षण अस्पतालले शहीदनगर नगरपालिकास्थित डुमरियामा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरबाट ५ सयभन्दा बढी स्थानीय लाभान्वित भएका छन् ।

धनुषाको पूर्वी क्षेत्रमा नेपाल भारत सीमा नजिक पर्ने शहीदनगर नगरपालिकाको विकट क्षेत्रमा पर्ने वडा नम्बर ८ डुमरियाका ५ सय ५० जना स्थानीयलाई स्वास्थ्य उपचार सेवा दिइएको छ ।

वडा नम्बर ८का वडाध्यक्ष तनुकलाल कुसियैतको उपस्थितिमा त्यहाँका स्थानीयलाई जानकी मेडिकल शिक्षण अस्पतालका चिकित्सकहरुले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

सो स्वास्थ्य शिविरमा गाइनो, सर्जरी, बालरोग लगायतका बिरामीहरुलाई उपचार सेवा प्रदान गरिएको थियो । निःशुल्क रुपमा आयोजना गरिएको सो शिविरमा स्वास्थ्य उपचार सेवाका साथै उपलब्ध औषधीहरु समेत दिइएको थियोे ।

शिविरमा गाइनो विशेषज्ञ चिकित्सक चन्द्ररेखा इसार, सर्जरीका चिकित्सक रोविन प्रताप साह, बालरोग विशेषज्ञ चिकित्सक दीपकराज पौडेल लगायतका चिकित्सकहरुले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

२०७८ आश्विन १०, आईतवार २०:०८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय