जनकपुरधाम : प्रदेश २ सरकारले आउने बुधबार जितियाको अवसरमा महिलालाई सार्वजनिक बिदा दिएको छ।

मधेसी महिलाहरुको ठूलो पर्वका रूपमा जितियालाई लिने गरिन्छ।

मुख्यमन्त्री लालबाबु राउतले आज (सोमबार) जितिया पर्वको शुभकामना दिँदै असोज १३ गतेका लागि महिलाहरुलाई सार्वजनिक बिदा दिने घोषणा गरेका हुन्।

सोमबारदेखि शुरु भएको जितिया पर्व मंगलबार बिहानीपख आँगनमा घिरौलाको पातमा दही र केरा चढाएपछि महिलाहरू निराहार व्रत बस्छन्। उनीहरूको व्रत बुधबार साँझ ५ बजेर १५ मिनेटसम्म कायम रहने जनाइएको छ।

२०७८ आश्विन ११, सोमबार १७:३२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय