File Photo

किसन साह,

सर्लाही : सर्लाहीको गोडैतामा ट्याक्टरको ठक्करबाट एक युवाको घटनास्थलमै मृत्यु भएको छ ।

मंगलवार करिब मध्यान्ह .१२:०० बजे तिर गोडैता नगरपालिका वडा नं. २ सिमराभगवतीपुरमा ना. ६ त ८५४ नं.को ट्याक्टरले बि.आर.०७ भि ५३१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक गोडैता नगरपालिका वडा नं. ६ का २३ वर्षिय रुपेश बैठाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घट्ना लगत्तै पुगेको प्रहरी टोलिले, ट्याक्टर नियन्त्रणमा लिएकोे छ । ट्याक्टर चालक भने फरार भएको र खोजि कार्य भईरहेको प्रहरीले जनाएको छ ।

घट्ना स्थलमा कागजी काम पुरा गरि लासको पोस्टमार्टमको लागि जिल्ला अस्पताल मलंगवा ल्याईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्र.ना.उ.माधब प्रसाद बुदाथोकिले जानकारी दिएको छ ।

२०७८ आश्विन १२, मंगलवार २०:२५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय