बर्दिबास : महोत्तरीका एक असक्त दम्पतीको परिवारलाई आर्थिक सहयोग गर्न अपिल गरिएको छ । शारीरिक तथा मानसिक रुपमा असक्त ती दम्पतीको आर्थिक सहयोगको लागि केहि स्थानीयले पहल थालेका हुन ।

बर्दिबास नगरपालिका वडा नम्बर -९ पशुपतिनगर र सोही नगरपालिकाको वडा नम्बर -७ किसाननगरको सिमामा बर्षौ देखि ऐलानी जग्गामा रहेको एउटा झुपडीमा बस्दैको बहादुर महतोको परिवारलाई आर्थिक समस्या भएपछि अभियान थालिएको छ ।

स्थानीय अभियान्ता सुरेन्द्र  महतोका अनुसार बहादुर महतोको परिवार अहिले अतिनै समस्यामा रहेको छ । करिब ७६ बर्षका वृद्ध बहादुर महतोको घरमा उनी श्रीमती र मान्सिक सन्तुलन गुमाएका एउटा छोरा गरि ३ जनाकाे परिवार रहेको छ । करिब ६ बर्ष अघि उनको २ टै आँखाले हेर्न नसक्ने भएकोमा स्थानीय केही ब्यक्तिहरुको सहयोगमा एउटा आखाको अपरेसन गराई दिएपछि एक आँखाले सामान्य हेर्न सक्छन् ।

वृद्ध अवस्थाका कारण ज्यालादारी काम पनि गर्न नसक्ने र आर्थिक आम्दानीको कुनै श्रोत नभएको कारण अबस्था दैनिय भएको हुनाले एक छाक खानलाई पनि धौधौ भएको अवस्था रहेको अभियान्ता महतोले बताए ।

उनीहरू बस्ने घर पनि काम चलाउ खालको छ, अभियान्ता महतोले भने, “हावापानी आयो भने र जाडो महिनामा अति नै समस्या हुन्छ । त्यसैले यस्तो पीडित असहाय करिब परिवारलाई सहयोग गरिदिन हुन अनुरोध छ, उनले भने ।

सहयोगको लागि सुरेन्द्र महतो हाल मलेसिया +६०१०२५२१४०७ ,सुरेन्द्र सिंह स्थानीय पत्रकार ९८४४४४५७१२, रमेश महतो स्थानीय युवा ९८१२१४८३०८ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

यो भिडियो हेर्नुहोस !

२०७८ आश्विन १४, बिहीबार १७:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय