दुखिया महतोको दु:ख हेरेर विदेश पठायो राहत

बर्दिबास : महोत्तरीका एक असक्त दम्पतीको परिवारका लागि विदेशबाट खाद्यान्न सामाग्री सहयोग भएका छन् ।

बर्दिबास नगरपालिका वडा नम्बर -९ पशुपतिनगर स्थित ऐलानी जग्गामा बर्षौ देखि एउटा झुपडीमा बस्दै बहादुर महतो परिवारलाई युरोपको साइप्रसमा बस्दै आएको प्रतिक महतोले खाधान्न सामाग्री पठाएका छन् ।

नेपालवाणी डटकम अनलाइनमा समचार तथा भिडियो प्रकाशन भएपछि धनुषाको मिथिला नगरपालिका स्थित नक्टाझिझ घर भइ हाल साइप्रस बस्दै आएका महतोले ५ हजार मुल्य बराबरको खाधान्न सामाग्री पिडित परिवार सहयोग गरेका छन् ।

महतोले ३ बोरा  चामल, ५ किलो दाल, ५ किलो आलु, १ लिटर खाने तेल, सोयाविन २ पाकेट, १ पाकेट सब्जी मसाला एक प्याकेट , ४ पिस साबुन गरि ५ हजार मुल्य बराबरको खाधान्न बितरण गरेको छ ।

उक्त सामाग्री स्थानीय समाजसेवी तथा राजनीतिकर्मी भिम बहादुर आले मगर , स्थानीय शिक्षिका पुनम कुमारी महतो ,पत्रकार ललण मण्डल र सुरेन्द्र सिंह , स्थानीय युवा प्रबेस महतो लगायतका स्थानीय बासीको उपस्थितिमा वितरण गरिएको छ ।

यो पनि पढ्नुहोस् !

महतो परिवारलाई सहयोगको लागि हार्दिक अपिल

२०७८ आश्विन १५, शुक्रबार १८:४२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय