रौतहट : रुपन्देहीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

जिल्लाको ओमसतिया गाउँपालिका–१ लखनचोक बस्ने २६ वर्षीय दिपक परियारको आफ्नै घरमा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेर अशक्त भएका परियारको उपचारको लागि भीम अस्पताल भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।गत हप्ता पनि बुटवलमा होडिङ बोर्डमा वाइरिङ्ग गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको थियो ।

२०७८ आश्विन १६, शनिबार १६:१०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय