
काठमाडौं : ह्वाट्स एप, इन्स्टाग्राम र फेसबुक केही समयका लागि विश्वभर डाउन भएका छन् ।
साढे ९ बजे यी तीनवटा एपको सेवा रोकिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
आज बिहानैदेखि फेसबुक र यसका अन्य एपको सुरक्षा ह्विस्टलब्लोरबारे चर्चा भइरहँदा डाउन भएको हो ।
सर्भिस डाउन हुने वित्तिकै फेसबुकले प्राविधिक कारणले समस्या भएको र चाँडै समाधान हुने जनाएको छ ।
We’re aware that some people are having trouble accessing our apps and products. We’re working to get things back to normal as quickly as possible, and we apologize for any inconvenience.
— Facebook (@Facebook) October 4, 2021