
काठमाडौं : फेसबुक सर्भर डाउन हुँदा कम्पनीका संस्थापक मार्क जुकरबर्गले ठुलो नोक्सानी ब्यहोर्नु परेको छ ।
सोमबार राती सवा ९ बजेबाट फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, इन्स्टाग्राम सबै एकै पटक डाउन भएको थियो । झन्डै ६ घण्टापछि मात्रै सर्भिस सुरु भएको थियो ।
त्यसरी सबै सर्भिस एकै पटक डाउन हुँदा केही घण्टाभित्रै मार्क जुकरबर्गको कूल सम्पत्तिमा ५.९ बिलियन डलर अर्थात करिब ७ खर्बको गिरावट आएको छ ।
अमेरिकी सेयर बजारमा आएको गिरावटले यस्तो अवस्था सिर्जना भएको हो । सेयर बजारमा एकै दिन फेसबुकको मूल्य पाँच प्रतिशत घटेको छ ।
यसको असर विश्वका अर्बपतिको सूचीमा पनि देखिएको छ । जुकरबर्ग विश्वका अर्बपति सूचीमा दुई स्थान लत झर्दै छैटौँ स्थानमा पुगेका छन् । भने, उनको सम्पत्ति घटेर ११६.८ बिलियन डलर पुगेको ब्लुमबर्ग बिलिनियर इन्डेक्सले जनाएको छ ।
यो पनि पढ्नुहोस् !
६ घण्टापछि पुनः सुचारु भयो फेसबुक, ह्वाट्सएप र इन्स्टा
फेसबुक, ह्वाट्स एप र इन्स्टाग्रामको सर्भर डाउन