
काठमाडौं : जनता समाजवादी पार्टी, नेपालले चार वटा मात्रै मन्त्रालय पाएको छ ।
अहिले अपरान्ह बसेको जसपाको संसदीय दलको बैठकपछि नेता राजकिशोर यादवले आफ्नो पार्टीले चार वटा मात्रै मन्त्रालय पाएको जानकारी दिए ।
उनले भने,‘आज विहान बालुवाटारमा बसेको गठबन्धनको शीर्ष नेताहरुको बैठकमा मन्त्रालय भागबण्डा मिलेको छ ।
हाम्रो भागमा चार वटा मन्त्रालय परेको छ। ती चार वटा मन्त्रालय भनेको भौतिक पूर्वाधार, कृषि विकास मन्त्रालय, संघीय मामिला र वन मन्त्रालय परेको छ ।’
पार्टीमा मन्त्री बन्ने आकांक्षीहरु धेरै भएकोले कसलाई सरकारमा पठाउने भन्नेबारे निर्णय नभएको सुनाए ।
उनले भने,‘यहाँ हामी २१ जना छौं । मन्त्रालय चार वटा छ । सबैलाई बनाउन त सकिँदैन् । साथीहरुले आफ्नो धारणा राखेको छ ।’ पार्टीले मन्त्री पठाउने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएको पनि यादवले सुनाए ।