अशोक झा,
राजविराज :  हनुमाननगर कंकालिनी नगरपालिकामा नवरात्रीको लागि भव्यताका साथ कलशस्थापना गरिएको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १४ रम्पुरा मल्हनियाँको भारतसँग जोडिएको बोर्डरमा रहेको दुर्गा मन्दिरमा बिहीवार कलशस्थापना गरिएको हो ।

सो वडाका कुमारी कन्या, तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ बेल्ही तथा भारतीय गाउँहरु बथनाहा, हरिहपुर, कुनौली सहितका ठाउँबाट आएकी कुमारी कन्या सहित एक हजार एक कलशको स्थापनाको गरिएको छ ।

स्थानीय दुर्गा मन्दिरबाट शुरु भएको कलश यात्रा सो वडाको करिब ४ किलोमिटरको परिक्रमा गर्दै सप्तकोशी नदीमा जल भरेर पुनः सोही मन्दिरमा आई कलश स्थापना गरिएको हो ।

हजारौकों सख्यामा निकालिएको कलश यात्रामा बाजा गाजा तथा मैथिली संस्कृति झल्किने नाच समेत कलाकारले प्रस्तुत गरेका थिए भने सयौंको संख्यामा सहभागी स्वयंसेवकहरुले सानी सानी कुमारी कन्या सहित सहभागीहरुलाई सघाएका थिए भने नेपाल प्रहरी सहित हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रहरीले पूर्ण रुपले सुरक्षा प्रदान गर्नुका साथै शान्ति सुव्यवस्था प्रदान गरेका थिए ।

कलश यात्रामा सामाजिक विकास मन्त्री नवल किशोर साह “रामबाबु”, हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख शैलेस साह, उपप्रमुख सरिता यादव, वडा अध्यक्ष सत्य नारायण यादव, जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादव, नेपाल राष्ट्रिय शिंक्षक मंचका राष्ट्रिय उपाध्यक्ष दिनेश यादव सहितका व्यक्तिहरुको पनि सहभागीता रहेको थियो ।

२०७८ आश्विन २१, बिहीबार १८:५६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय