
महोत्तरी : महोत्तरीको गौशालामा खुल्ला झिझिया नृत्य प्रतियोगिता सम्पन्न भएको छ । रेडियो रुपान्तरण १०६.३ मेगाहर्जको आयोजनामा गौशालामा सो प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा रजखोर टिम प्रथम, मगही नाटय कला केन्द्र धनुषा टिम दोस्रो र तेस्रो स्थानमा विषहरपुर टिमले कब्जा जमाएको छ । त्यस्तै सान्तव्ना स्थानमा गौशाला टिम रहेका छन् ।
कार्यक्रमलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै प्रदेशसभा सदस्य शारदादेवी थापाले मधेशका महिलाहरु सशक्तिरणको सवालमा अगाडि पाईला वढाएको बताईन ।
अव यहाँका महिलाहरु ख्ुलेर आवाज वाहिर निकाल्ने भएकोले समाजिक रुपान्तरणका निम्ति जनप्रतिनिधीलाई भुमिका निर्वाह गर्नुपर्ने आवश्यकता उपर थापाले जोड दिईन ।
हरिवन नगरपालिकाकी उपप्रमुख रेणु दाहालले वोक्सीलाई हरेक मानवले मनमष्तिस्कबाट निकाल्नुपर्ने समय आएको बताईन । २१ ऋौं शताव्दीमा प्रवेश गरेका नेपाली समाजमा वोक्सी नरहेको जनविश्वास वढनु सकारात्मक रहेको उपप्रमुख दाहालले जानकारी दिईन् ।
पूर्वसभासद वुधनीदेवी महतोले पुर्खौली संस्कार एवम संस्कृतिलाई संरक्षण गर्न वर्तमान परिवेशमा आवश्यकताउपर जोड दिईन ।
शिक्षाकै कारण हामी नेपाली पिछिडिएको अवस्थाबाट गुज्रिएकोले अब शिक्षाको माध्यमले देश अनि समाजलाई समृद्ध, सुन्दर र शिक्षित समाज निमार्ण गर्न पहल गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
समाजिकस्तरबाट लोपोन्मुख अवस्थामा रहेको संस्कृतिलाई जगेर्णा गर्नका निम्ति सवैको साझा भुमिकाको सवालमा वक्ताहरुले जोड दिएका थिए ।