काठमाडौं : जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन ढिलो गरि नेपालबाट बाहिरिन लागेको जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार सुदूरपश्चिम र कर्णाली प्रदेश आसपासबाट मनसुन बाहिरिएको हो। प्रायः २ अक्टुबरमा मनसुन बाहिरिने गरेको थियो।
यसवर्ष भने एक साता ढिलो गरि मनसुन बाहिरिएन थालेको महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिमसँगै लुम्बिनी प्रदेशको पश्चिमी भूभागबाट पनि मनसुन बाहिरिएको छ।
अन्य प्रदेशबाट पनि मनसुन बाहिरिने क्रममा रहेको महाशाखाले जनाएको छ। केही दिनभित्र देशभरिबाट मनसुन बाहिरिने महाशाखाको अनुमान छ।

