जनकपुरधाम : धनुषामा एकै परिवारका तीन जनाको रहस्मय मृत्यु भएको छ । शुक्रबार साँझ एक्कै परिवारका महिलाले दुई नाबालक छोराको हत्या गरेर आफू पनि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

धनुषाको नगराईन नगरपालिका ४ लगमा बस्ने गुरुदेव साहकी श्रीमती गुडिया देवी साहले ५ वर्षीय छोरा अभिषेक र ३ वर्षीय छोरा आदित्यलाई घाँटी कसेर हत्या गरिसकेपछि आफूले पनि पासो लगाएर आत्महत्या गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय धनुषाको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

घटनाका बेला गुडियाका श्रीमान कामको शिलशिलामा जनकपुर आएको र सासु ससुरा समेत घरमा नरहेको बेला घटना भएको प्रहरी नायव उपरिक्षक जितेन्द्र बस्नेतको भनाई छ । छोरालाई हत्या गर्दा आवाज बाहिर नजाउन भनेर चर्को साउण्डमा डिजे बजाएकी थिइन् ।

जेठा छोरा अभिशेषलाई पहिले ब्लेडले घाँटी चिरेर मार्ने प्रयास गरेको र हिम्मत काम नगरेपछि डोरीले घाँटी कसेर ज्यान लिएको अनुसन्धानमा खटिएको प्रहरी अधिकारीले बताए । ‘कान्छो छोरालाई नरिवलको डोरीले कसेछ, पछि त्यहीँ डोरीले झुण्डिएर आफनो पनि ज्यान लिएछ ।’ घटनास्थलबाट गुडियाले प्रयोग गर्दै आएको मोबाइल फुटेको अवस्थामा बरामद भएको छ भने घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार १० वर्षअघि गुडिया र गुरुदेव साहले भागेर प्रेम विवाह गरेका थिए । तर गुडियाका आमाबुवाले उनीहरुको विवाह स्वीकार नगरेको अनुन्धानमा खटिएको प्रहरी अधिकारीको भनाई छ । ‘गुडियाको माइत पक्षले सम्बन्ध तोडिसकेको थियो, बिहे गरेदेखि बोलचाल, छोरी माईतको कुनै समबन्ध थिएन्, न्यास्रो भएर एकलोपनाबाट बच्न आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाई छ ।

मजदूरको काम गर्ने श्रीमान गुरुदेव कामको सिलसिलामा जनकपुर आएको बेला गुडियाले यस्तो घटना गरेको जिल्ला प्रहरी कर्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार साँझ घरमा वृद्ध सासु-ससुरा पनि थिएनन् । ३ बजे अघि श्रीमानलाई गुडियाले फोन गरेको केही बेरपछि घटना गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बस्नेतले जानकारी दिए ।

तीनै जनाको शव पोस्टमार्टमका लागि जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा राखिएको छ । र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७८ आश्विन २३, शनिबार १४:५५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय