जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका २ भानु चोकदेखि कदम चोक जाने बाटोमा रहेको सायलर पोलिक्लिनिकका डा. सज्जन शर्माले एक महिलामाथि बलात्कारको प्रयास गरेको खुलासा भएको छ ।

पोलिक्लिनिकमा सरसफाईको काम गर्ने मेस्तर थरकी महिला (पहिचान गोप्य राखिएको)लाई डा. शर्माले बलात्कारको प्रयास गरेका हुन् । सरसफाई गरेर फर्किने क्रममा डा. शर्माले हात समातेर रोकी बलात्कारको प्रयास गर्न खोज्दा उनी भागेको बताइएको छ ।

न्यायका लागि पीडित महिलाले स्टेशन प्रहरी (वडा प्रहरी कार्यालय)मा उजुरी समेत दिएकी थिइन् । तर उनी न्याय भने पाउन सकेकी छैन् । स्रोतका अनुसार शुक्रवार प्रहरीले डा. शर्मालाई माफी माग्न लगाएर घटना मिलापत्र गराएको छ ।

२०७८ आश्विन २३, शनिबार १५:३४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय