
किसन साह,
सर्लाही : शनिबार विहान करिब ०८: ३० बजेको समयमा प्रहरी टोलिले मलंगवा नगरपालिका-२ दशगजा क्षेत्रमा खटिरहेको बेला संकाको आधरमा चेक जाच गर्दा नाईलनको झोला भित्र प्लाष्टिकले प्याक गरेको लागुऔषध गाँजा सहित पक्राउ परेको हो।
पक्राउ पर्नेमा सर्लाहीको ब्रहम्पुरी गाँउपालिका-८ भेल्ही बस्ने ४५ वर्षीय बिन्देस्वर सहनी रहेका छन्।
उनको साथबाट तीन किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता माधव प्रसाद बुढाथोकिले जानकारी दिए ।