File Photo

बर्दिबास : महोत्तरीको बर्दिबास नगरपालिका ४ मा हिजो बेलुका दुई वटा मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यु भएको छ भने १ जना भने गम्भीर घाइते भएका छन् ।

विपरित दिशाबाट जाँदै गरेका प्रदेश २–०१–००२ प ०५९७ र ज १२ प २९ ६१ नम्बरको मोटरसाइकल हिजो बेलुकी सवा ७ बजे ठोक्किएर दुर्घटना भएको हो।

मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका– १ का २८ वर्षीय विजयकुमार महतो र महोत्तरीको बर्दिबास नगरपालिका ३ गौरीडाँडाका २७ वर्षीय सुरज तामाङ रहेका छन् ।

महतोको मृत्यु शुभ स्वस्तिक अस्पताल बर्दिबासमा भएको र तामाङको मृत्यु रामजानकी अस्पतालमा भएको महोत्तरी प्रहरीले जनाएको छ । घाइते भएका १ जनाको राम जानकी अस्पतालमा उपचार भइरहेको छ ।

२०७८ आश्विन २७, बुधबार ११:३१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय