mahara_pidit_ धनुषाको लक्ष्मिनिया गाँउपालिका-३ स्थित बनिगंमा

जनकपुरधाम : धनुषाको लक्ष्मिनिया गाँउपालिका-३ स्थित बनिगंमा घर भएको बिरामी शिव कुमार महरालाई नाैसय विघा समाज सहयोग युवा समुह संस्थाले  ४० हजार ५१ रुपैयाँ सहयोग गरेको छ ।

बिरेन्द्र महराकाे छाेरा शिव कुमार महरालाई केही दिन देखि शरीरिक समस्या हुँदा छाेरालाई लिएर जनकपुरकाे होस्पिट्लमा चेक गराउदा शरीरमा रगतकाे समस्या देखेका थिए र अहिले आएर महराको शरीरमा भएको रगत पनि पानी भैसकेको छ, अहिले महराको  उपचार काठमाडौं टिचिङ्ग हस्पिटलमा भैरहेकाे छ,हाल सम्म लगभग ५ लाख जति खर्च भैसकेको छ र अझै कति खर्च हुन्छ भने थाहा छैन तर डाक्टरकाे भनाई अनुसार, महरालाई निकाे हुन सक्छ तर उहाँको आर्थिक अवस्था अतिनै कमजोर रहेकोर पैसा नभएको कारण उपचार गराउन पनि समस्या भैरहेको छ।

नाैसय विघा समाज सहयोग युवा समूहका सदस्य धनिक लाल महराले याे बिरामीकाे बारेमा जानकारी गराएका थिए समुहका संयाेजक विजय कुमार मण्डलले सम्पूर्ण पदाधिकारी लगायत सदस्यहरु संग छलफल गरेर महरालाई आर्थिक सहयोग गर्नका लागि निर्णय गरेका थिए ।

महराको अपिल स्विकार्दै उनको परिवारलाई नाैसय विघा समाज सहयोग युवा समुहद्वारा सानाे सहयोग स्वरूप उपचार गराउनका लागि  रु.४०,०५१ आर्थिक सहयोग गरिएको छ।

समुहका पदाधिकारीहरु डा. अरुण कुमार मण्डल, बिन्दल यादव, संजिप कुमार महरा र रंजित कुमार मण्डल पिडितको घरमै पुगेर उक्त सहयोगको रकम बिरेन्द्र महराका छाेरीलाई हस्तान्तरण गरेको छ ।

पिडित महरा परिवारले नाैसय विघा समाज सहयोग युवा समुह संस्थालाई धन्यवाद संगै थप आर्थिक सहयोगका लागि पहल गर्दिन अनुरोध समेत गरेका छन् ।

२०७८ आश्विन २९, शुक्रबार ०७:५१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय