जनकपुरधाम : जनकपुर लगायत धनुषा जिल्लामा महिला नतर्की ओरकेष्ट्रा निषेध गरिएपनि प्रहरीकै पहरामा विभिन्न ठाउँमा ओरकेष्ट्रा भइरहेको छ ।

धनुषा जिल्लाको बेटश्वर गाउँपालिका वडा नम्बर ५ स्थित शान्तिपुरमा प्रहरी प्रशासनकै संरक्षणमा टिकटकरहरुले अ’श्लिल ओरकेष्ट्रा गर्दा पनि हेर्नमा मुग्ध देखिए ।

शान्तिपुरमा आयोजित दुर्गा मेलामा प्रहरीकै उपस्थितिमा अ’श्लील गीतमा आर्केष्ट्रा भएको हो।

टिकटकरहरुको एक टिम “टीम आरजे” नाम ग्रुपबाट उनीहरुले दुर्गा पूजामा समेत अश्लिल खालका नृत्य गर्दा दर्शकहरु उतेजित भइरहे ।
मेलामा मैथली तथा भोजपुरी भाषाको विभिन्न अ’श्लील शब्दहरू प्रयोग गरी बनाइएको गीतहरूमा अश्लील तरिकाले नृत्य गरेको भिडियोमा देखिएको छ ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोली मेलामा सुरक्षार्थ खटेको थियो । केही दिन पहिला मात्रै आर्केष्ट्रामा मारपिट झगडा तथा अ’श्लील गीतले समाजमा फैलिदै गरेको विकृतिलाई नियन्त्रण गर्न धनुषा प्रहरीले आर्केष्ट्रामा नाच्नेलाई पक्राउ समेत गरेका थिए ।

ओरकेष्ट्राका कारण महोत्तरीमा केही दिन अगाडी भएको एक विवादमा एक जनाको ज्यान नै गएको थियो । उतेजित बनाउने खालका गीतका साथै भीडलाई समेत उतेजित पार्ने खालका नृत्यहरु टिकटकरहरुले गर्दै आएका छन् ।

RK-extra_nepalvani

टिकटक प्लेटफार्म देखिने अधिकाँश युवायुवतिहरुले विभिन्न गाउँमा ओरकेष्ट्रा पार्टी पनि खोलेका छन् । उनीहरुले विभिन्न गाउँमा सट्टमा नाच्न जान्छन् ।

RK-extra_nepalvani

पहिला पहिला भारतबाट ओरकेष्ट्रा नचाउन युवति मगाइन्थ्यो भने अहिले यही समाजका युवायुवतिहरुले ओरकेष्ट्रा पार्टी खोलेका छन् ।

२०७८ आश्विन २९, शुक्रबार २१:०२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय