सिरहा : दशैँमा तराई मधेशको विभिन्न जिल्लामा नाच्ने झिझिया नाचकै बिषयमा विवाद हुँदा एक जनाको ज्यान गएको छ ।

प्रदेश नम्बर २ को सिरहा जिल्लास्थित झिझिया नाचको बिषयमा विवाद हुँदा भएको झगडाको क्रममा एक जनाको ईनारमा खसेर मृत्यू भएको छ ।

सिरहा जिल्लाको नरहा गाउँपालिका वडा नं. ३ चोहर्बास्थित झिझिया नाचको बिषयलाई लिएर भएको झगडाको क्रममा गएराती १२ बजेको समयमा एक जनाको मृत्यू भएको हो ।

सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ८ भाइजिटोलका भुनेश्वर महतोको १७ वर्षिय छोरा सत्रुधन महतोको मृत्यू भएको स्थानीयहरुले जनाएको छ ।
गएराती सो ईनारमा ४ जना खसेका थिए । दुई जनालाई स्थानीय प्रहरीले ईनारबाट जिवितै उद्धार गरेको थियो भने त्यतिबेला ईनार गहिरो भएर प्रहरीले सत्रुधनलाई देख्न सकेनन् । एक जना भने आफैँ निस्केका थिए ।

सिरहाकै नरहा गाउँपालिका वडा नम्बर ३ नयाँ चोहर्वाको इनारमा डुविरहेको अवस्थामा आज विहान फेला परेको हो । दशैंको अवसरमा आयोजित झिझिया नाच राती गएका महतो शनिबार विहान मृत भेटिएको हो ।

मेलामा राती झडडा भएको बेलामा भाग्ने क्रममा इनारमा झरेको हुन सक्ने स्थानीयले अनुमान गरेको छ । मेलामा रातीय दुई युवा समूहविच विवाद भएको स्थानीय रामभरोस यादवले जानकारी दिए ।

उनी गाउँकै जनता नमुना माध्यमिक विद्यालयका कक्षा ११ मा अध्ययरत रहेको बताईको छ । शव इनारबाट निकाल्ने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।

त्यहाँ आयोजना गरिएको झिझिया कार्यक्रमको क्रममा मेला समिति र झिझिया नाच्ने गोलबजारको टीम सोमनी नामक टिमबीच स्टेजमै विवाद भएको थियो । सो टिमकी एक किशोरीले झिझिया बाहेकको गीतमा नाच गरेपछि समितिसँग विवाद भएको थियो ।

समितिको तर्फबाट एक वृद्धले किशोरीलाई झिझियामा मात्र नाच गर्न भनेपछि किशोरीले झिझियामा मात्र नाच्ने हो भने स्टेज किन बनाएको भनेर जवाफ फर्काएपछि विवाद भएको थियो । सोही विवादको क्रममा पछि झगडा भएको हुन सक्ने अनुमान गरिएको छ । यद्यपी, यसको पुष्टि भने भएको छैनन् । साभारः न्यूज ब्युरो

२०७८ आश्विन ३०, शनिबार १०:३४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय