राजविराज : सप्तरीको छिन्नमस्ता गाउँपालिका-७ स्थित हाटीमा विभिन्न पार्टी परित्याग गरि जसपा नेपालमा  प्रवेश गरेका छन् ।

जसपा नेपालमा प्रदेश २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले विभिन्न पार्टी परित्याग गरी आउनेलाई टिका लगाई पार्टीमा स्वागत गरेका थिए ।

छिन्नमस्ता गाउँपालिका ७ का वडा अध्यक्ष शत्रुधन यादवको अध्यक्षतामा साथै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा नेकपा एमाले लगायतका अन्य पार्टी परित्याग गरि करिब २ सय जना जसपामा प्रवेश गरेका छन्  ।

जसपा केन्द्रिय सदस्य उमेश यादव अमरनाथ मण्डल चित्र नारायण यादव प्रदेश सदस्य सत्यनारायण , जिल्ला अध्यक्ष केदार यादव गाउँपालिका अध्यक्ष महेश साहको उपस्थितिमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

२०७८ आश्विन ३०, शनिबार १७:१८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय