जनकपुरधाम : धनुषाको नगराइन नगरपालिका ५ गंगुलीस्थित झाडीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

पहिचान खुल्न नसकेको अन्दाजी ४० वर्षीय पुरुषको शव आज विहान फेला परेको धनुषाका प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटले जानकारी दिए । उनका अनुसार खुकुरीले घाँटी काटिएको छ । घटनास्थलमा खुकुरी पनि फेला परेको छ ।

मृतक पुरुष सेतो सर्ट र खैरो पैन्ट लगाएका छन् । अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी रानाभाटले जानकारी दिए ।

आवश्यक कानुन प्रक्रिया पूरा गरी प्रहरीले मृतकको शव पोष्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याउने तयारी गरेको बताइएको छ ।

२०७८ आश्विन ३१, आईतवार १०:२८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय