इटहरी : शनिबार राति सुनसरीको धानखेतमा हेलिकप्टरले आकस्मिक अवतरण गरेको छ ।

काठमाडौंबाट विराटनगर आउँदै गरेको फिस्टेल एयरको हेलिकप्टर इनरुवाको सखुवागाछी भन्ने स्थानमा अवतरण गरेको हो ।

हेलिकप्टरमा चालक दलका सदस्यसहित ४ जना सवार रहेको थिए । ती सबै सुरक्षित रहेको सुनसरी प्रहरीले जनाएको छ ।

विराटनगर एयरपोर्टले ल्याण्डका लागि अनुमति नदिएपछि धानखेतमा आकस्मिक अवतरण गरेको बताइएको छ । हेलिकप्टर ल्याण्ड गर्ने बेलामा दुर्घटनामा पर्न लागेजस्तो देखिएको स्थानीयले बताएका छन् । पछि धानखेतबाट चउरमा हेलिकप्टर सारिएको थियो ।

२०७८ आश्विन ३१, आईतवार ११:१२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय