File Photo / Nepalvani

जनकपुरधाम : एकाविहानैदेखि जारी वर्षाले प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम जलमग्न बनेको छ । वर्षाको पानीले जनकपुरधामको सडकहरु नदीमा परिणत भएको हो ।

पसलहरुमा पानी पसेर व्यावसायीहरु समस्यामा परेको जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए । उनका अनुसार यो वर्षमै सबभन्दा बढी वर्षा आज भएको छ । सडकमा राखिएको प्लास्टिकको डिभाइडर समेत पानीले बगाएको छ । धेरै डिभाइडर आफूले सुरक्षित स्थानमा राखिदिएको उनको भनाई छ ।

वर्षाले अहिलेसम्म जिल्लामा कुनै किसिमको मानविय क्षति नभएको प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटले जानकारी दिए । यद्यपि क्षति विवरण संकलन गर्न प्रहरीलाई परिचालन गरिएको उनको भनाई छ ।

धनुषा- सिरहा जोड्ने कमला नदीमा अहिलेसम्म पानीको सतह खतरा पार गरेको छैन् । ‘कमलामा अहिले ठूलो बाढी आएको छैन्, ‘एसपी रानाभाट भन्छन्, ‘पहाडी क्षेत्रमा वर्षा भयो भने बाढी आउछ ।’


२०७८ कार्तिक २, मंगलवार १६:४३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय