फाइल फोटो / राजेन्द्र महतो

जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतो फेरी धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट नै चुनाव लडने जनाएका छन् ।

दशैंदेखि नै निर्वाचन क्षेत्र नम्बर ३ मा शुभकामना आदानप्रदानमा रहेका महतोले धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट नै चुनाव लडने बताएका छन् । महतो यस पटक क्षेत्र परिवर्तनगरि चुनाव लड्ने चर्चा चलिरहेको बेला उनले ३ नम्बर क्षेत्रबाट नै चुनाव लड्ने निश्चित रहेको बताए ।

‘धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ बाट नै म चुनाव लड्छु’ संचारकर्मी संग मंगलवार संक्षिप्त कुराकानीगर्दै महतोले भने, मैले अन्यत्रबाट चुनाव लड्ने भ्रम फैलाउने काम केहि विपक्षी दलका नेताहरुले गरिरहेका छन् ।

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिलाई पराजितगरि महतो धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ बाट गत संसदीय निर्वाचनमा विजयी भएका थिए ।महतोको प्रतिष्पर्धा फेरी निधिसित नै हुने देखिन्छ । लोसपाका वरिष्ठ नेता रहेका महतोलाई चुनाव लड्न संसदीय क्षेत्रको चयन गर्न कुनै कठिनाई नरहेकाले उनले रोजेको क्षेत्र ३ नम्बरबाट नै फेरी निधिसित भिडने छन् ।

पछिल्लो चुनावमा महतो राजपा र समाजवादी पार्टी गठबन्धनको संयुक्त उम्मेदवार थिए ।उनको प्रचारमा तत्कालिन समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उत्रेका थिए ।तर यस पटक दुवै दल विभाजित छ ।

जसपाको काँग्रेससित देशभरि नै गठबन्धन रहेको छ । महतोलाई सघाएको एमालेले भने यस पटक जुली महतोलाई उम्मेदवार बनाउने संभावना बलियो छ ।हुनत जुली धनुषाको निर्वाचन क्षेत्र नम्बर १ ताकेकी छन् ।तर उनलाई त्यहाँ भन्दा निर्वाचन क्षेत्र नम्बर ३ ‘कम्फर्टेबल’ रहेको बताइन्छ ।जुली चुनावमा उत्रे राजेन्द्र महतोलाई निधिसित भिड्न कठिन हुन सक्छ ।


२०७८ कार्तिक ३, बुधबार ०८:२१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय