जनकपुरधाम : जनमत पार्टीका नेतृत्वको संयोजक चन्द्रकान्त राउत (सिके राउत) को बिरोधमा प्रदर्शन भएको छ । ‘सिके चोर, देश छोड’ नारा सहित जनकपुरधामका ईन्जिनियर्स आन्दोलनमा उत्रेका छन् । उनीहरुले ‘सिके चोर, देश छोड’ ‘ईन्जिनियर राजेश कुशवाहालाई न्याय देउ’ भन्दै ईन्जिनियरहरुले सडक तताएका हुन् ।

सिके राउत नेतृत्वको कार्यकर्ताले विहिवार खानेपानी तथा ढल निकास कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहा माथि दुव्र्यवहार गर्दै उद्दण्ड मच्चाएको तथा कुटपिट गरी हिलो छयापेर नगर परिक्रमा गराएको बिरोधमा उनीहरु विरोध प्रदर्शन गरेका हुन् । नेपाल ईन्जिनियर एशोसिएशन, नेपाल राष्ट्रिय ईन्जिनियर संगठन, निजामति कर्मचारहरुको आधिकारिक टे्रड युनियन, नेशनल ईन्जिनियर्स एशोसिएशन नेपाल, नेपाल तराई ईन्जिनियर्स समाज, मधेशी डेमोक्रेटिभ सोसाईटीले संयुक्त रुपमा प्रदर्शन गरेका छन् ।

ईन्जिनियरहरुले पिडित सिडिई राजेश कुशवाहालाई न्याय देउ, सिके राउतलाई कारवाही गर, सिके राउतको ईन्जिनियर दर्ता खारेज गर भन्दै बिरोधमा उत्रेका हुन् । ईन्जिनियरहरुलाई सुरक्षाको ग्यारेन्टि गर, घटनामा संलग्नलाई कडा भन्दा कडा कारवाही गर भन्दै उनीहरुले बिरोध प्रदर्शन गरेको ई. जय गणेश सिंहले जानकारी दिए ।

engineer andonalama_CK_RAUt_nepalvani (3)

जनमतका कार्यकर्ता पछिल्ला हरेक जुलुसमा लाठी र भाटा बोकेर सहभागी हुँदै आएको प्रशासनको विश्लेषण छ । गत असोज १८ गते मात्रै जनमत पार्टीका नेताकार्यकर्ताले जनकपुरधाम उप-महानगरपालिकाको कार्यालयमा तोडफोड गर्दै केही कर्मचारी माथि हातपात गरेको थियो । नगर प्रमुख तथा उप-प्रमुख मध्ये कोही नभेटिएपछि कार्यकर्ताले उपमहानगर भित्र रहेको न्यायिक समितिको कार्यालयमा समेत तोडफोड गरेको थियो । सोही दिन उनीहरुले मुख्यमन्त्री र प्रदेश सरकारविरुद्ध नाराबाजी गर्दै मुख्यमन्त्री कार्यालय घेराउ गरेका थिए ।

जनमत पार्टीको यस प्रकारको अराजक गतिविधिलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता एवं प्रदेशसभा सदस्य परमेश्वर साहले राजनीतिक दलका नाममा यस्ता गतिविधि गर्नु अराजकता बाहेक अरु केही हुन नसक्ने बताए । उनले भने, ’कर्मचारीलाई राजनीतिक दलका कार्यकर्ताले अर्धनग्न बनाएर सार्वजनिक रुपमा घुमाउनु कानुनी राज्यको उपहास हो ।’ कानुनी बाटो छँदाछँदै जनमत पार्टी गलत बाटोमा लागैको उनको भनाइ छ । जनमत पार्टीका कार्यकर्ताहरुले देखाएको चरित्र कुनै प्रजातान्त्रिक दलको नेताकार्यकर्ताको हुनै नसक्ने साहको भनाइ छ ।

engineer andonalama_CK_RAUt_nepalvani (3)

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले राष्ट्रसेवक कर्मचारीलाई कुटपिट गरी अर्धनग्न पारेर बजारमा घुमाउने सहितका दुर्व्यवहार आपत्तिजनक, अमानवीय र आपराधिक घटना रहेको बताए । उनले भने, ‘जनमत पार्टीका कार्यकर्ताहरुले कानुनी राज्यको उपहास हुने गरी गरेको हर्कत राजनीति दलको नभई आपराधिक र भूमिगत समूहको जस्तै देखियो ।’

२०७८ कार्तिक ५, शुक्रबार १४:५४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय